पहिलो आक्रमण



कावुल,(एजेन्सी)
पश्चिमी अफगानिस्तानमा बुधवार तालिवान लडाकुहरुले गरेको भिषण आक्रमणमा करिव तीसजना मानिसको ज्यान गएको सरकारी सुरक्षा फौजले जनाएको छ ।

अस्थायी युद्ध विरामको म्याद सकिएपछि भएके यो पहिलो ठूलो आक्रमण हो । बादघिस प्रान्तका कमितमा दुईवटा सैनिक जााच चौकीमा लडाकुहरुले आक्रमण गरेका थिए । तालिवान पक्षमा पनि केहि हताहत भएके सरकारी अधिकारीहरुले बताएका छन् ।

मुश्लिमहरुको पवित्र चाड इद अल फितर सकिनासान तालिवानले आइतवार तीन दिने युद्ध विरामको अन्त्य गरेका थिए । तर सरकारले भने आफुले एकहोरो युद्ध विराम जारी राख्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्