गाजा प्रयोगका लागि क्यानाडाली संसदको समर्थन, तत्काल खाद्यान्नमा प्रयोग नगरिने



टोरोन्टो,(एजेन्सी)
क्यानाडाको संसदले राष्ट्रभरि गाजालाई मनोरन्जनको उद्देश्यले प्रयोग पाउने गरी नयाँ कानुन पारित गरेको छ । सिनेटमा गाजा काननु पारित गर्नका लागि मंगलवार भएको मतदानमा पक्षमा ५२ र विपक्षमा २९ मत खसेका थिए । यस कानुनले गाजाको उत्पादन , वितरण र बिक्रि नियन्त्रण र अनुगमन गर्ने भएके छ ।

छिटोमा यहि आगामी सेप्टेम्वर सम्ममा क्यानाडालीहरुले सजिलै गाजा किनेर उपभोग गर्न पाउनेछन् । राष्ट्रभरि मनोरन्जनका लागि गाजालाई वैधानिक गर्ने क्यानाडा विश्वकै दोश्रो मुलुक भएको छ ।

सन् २०१३ को डिसेम्वरमा यसरी मनोरन्जनका लागि गाजालाई वैधानिकता प्रदान गर्ने उरुग्वे विश्वकै पहिलो राष्ट्र बनेको थियो । त्यसपछि संयुक्त राज्य अमेरिकाका पनि थुप्रै राज्यमा गाजालाई वैधानिकता प्रदान गर्न मतदान गरिएका थिए । सन् १९२३ मा पहिलो पटक क्यानाडामा साथमा गाजा राख्नुलाई अपराध घोषणा गरिएको थियो ।

तर सन् २००१ देखि भने उपचारका लागि गाजाको प्रयोगलाई वैधानिक बनाइएको थियो । यसै साता यस विधेयक माथि शाही लालमोहर लाग्ने अनुमान गरिएको छ । त्यसपछि सरकारले यसलाई कार्यान्वयन गर्नका लागि औपचारिक तिथ तोक्ने छ ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुड्युले ट्विट गरेका छन्, ‘अहिले सम्म हाम्रा केटाकेटीहरुले अपराधिहरुलाई टन्न नाफा हुनेगरी सजिलै गाजा हासिल गर्दै आएक थिए ।’

तर विपक्षी कन्जरभेटिभ राजनीतिज्ञ र केहि आदिवासी समुहहरुले भने सरकारको यस कदमो विरोध गरेका छन् । सरकारले प्रांन्त , क्षेत्र र महानगर पालिकाहरुलाई गाजाका लागि नयाँ बजार व्यवस्थापन गर्न ८ देखि १२ साताको समय दिने अपेक्षा राखिएको छ ।

वयष्कहरुले सार्वजनिक स्थानमा सुकेको ३० ग्राम गाजा साथमा राख्न सक्ने यस विधेयकमा उल्लेख गरिएको छ । तर गाजा मिसाइएको खाद्य पदार्थहरुको भने तत्कालै उत्पादन र बिक्रि वितरण नगरिने भएके छ ।

इजरायल , अर्जेन्टिना , प्युयर्टो रिको , पानामा , मेक्सिको , टर्की । जाम्विया र जिम्वावे लगायत १४ वटा युरोपेली राष्ट्रमा स्वास्थ उपचार प्रयाजनका लागि गाजालाई कानुनी छुट दिइएको छ । अमेरिकामा पनि २९ वटा राज्यमा स्वास्थ उपचारका लागि गाजा प्रयोग गर्न पाउने प्रावधान छ ।

साथै डिष्ट्रिक्ट अफ कोलम्विया लगायत नौ वटा राज्यमा भने गाजालाई चिकित्सकिय र निजी दुवै प्रयोगका लागि कानुनी छुट दिइएको छ । स्पेन , नेडरल्यान्डस , पोच्र्युगल , स्लोभेनिया , जमैका , चिली , पेरु , कालम्विया , इक्वेडर , लक्ज्वेम्वर्ग र भारतका केहि भागमा गाजाको निजी प्रयोगलाई अपराध मानिएको छ ।

क्यानाडामा गाजा सेवन गर्न पाउने न्युनतम उमेर १८ वर्ष तोकिएको छ , तर केहि प्रान्तमा भने १९ वर्ष तोकिएको छ । गाजा कसरी र कुन परिमाणमा बिक्री गरिने तथा यसको सेवन गर्न पाउने स्थान कहाँ तोक्ने जस्ता सम्पुर्ण निर्णय गर्ने अधिकार प्रान्तहरुलाई नै दिइएको छ ।

तर संघिय सरकारले देखिने गरी पयकेजिंग गरी त्यसमा स्वास्थलाई हानी पु¥याउन सक्ने वैधानिक चेतावनी उल्लेख गरिनु पर्ने जनाएका ेछ । तर कलिला बालबालिकालाई केन्दि«त गरी गाजाको प्रवर्धन गर्न तथा ज्ञिापनमा सेलेव्रिटीहरुलाई प्रयोग गर्न नपाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्