चोरी भएका ७ थान मोबाइल धनीलाई



हेटौंडा, (नेस)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको र चोरी भएका ७ थान मोबाइल फेला पारी धनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रनि मधुकुमार थापासमेत टोलीले विशेष प्रविधि प्रयोग गरी विभिन्न मितिमा कार्यालयमा मोबाइल हराएको भन्दै दिएको निवेदनअनुसार ७ थान मोबाइल फेला पारी धनीहरुलाई बुझाइएको हो ।

हेटौंडाका कमलकुमार रौनियारको २०७४ माघ १० गते हराएको, हेटौंडा उपमहानगरपालिका कार्यालयमा कार्यरत् सत्यनारायण साहको २०७३ चैत २८ गते हराएको, हेटौंडा–१३ बस्ने श्यामबहादुर मोक्तानको २०७४ पुस २९ गते हराएको र हेटौंडा–४ बस्ने भीम देउलाको वैशाख २८ गते हराएको मोबाइल धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

मकवानपुर मनहरी–९ बस्ने बिजु लामा स्याङ्बोको वैशाख २६ गते हराएको, हेटौंडा–४ बस्ने रोजी शाहको २०७४ मंसिर ५ गते हराएको र चितवनको भनपा–२९ बस्ने सुकबहादुर तामाङको २०७४ जेठ ७ गते हराएको मोबाइल उनीहरुलाई बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्