‘संघीयता सफल बनाउनु अहिलेको आवश्यकता’



विराटनगर, (नेस)
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

निर्वाचन आयोग नेपालद्वारा बुधबार विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य रहेको बताउनु भएको हो ।

मुख्यमन्त्री राईले तीनवटै तहको निर्वाचन एकै बर्षभित्र सम्पन्न गरेर २०७४ साल नेपालको ईतिहासमा ऐतिहासिक बर्षकोरुपमा अंकित भएको बताउनुभयो । उहांले ती निर्वाचनहरुको क्रममा देखिएका कमिकमजोरी केलाएर आगामी निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाईनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्