गोरखा दरबारमा पारसको पूजा



सन्तोष अधिकारी, गोरखा
पूर्व यूवराज पारस शाहले गोरखा दरबार र गोरखनाथ मन्दिरमा पुजाअर्चना गरेका छन् । मंगलबार गोरखा आएका पारशले बुधबार विहान साँढे नौ बजे देखि साँढे १० बजे सम्म एक घण्टा भूकम्पले ध्वस्त दरबारमा विशेष पुजाआजा गरेका हुन् । गोरखकाली मन्दिर शाह वंशियहरुको कुलदेवताको मन्दिर समेत हो ।

‘गोरखकालीको पुजा र गोरखनाथ बाबाको आशिर्वाद लिन उहाँ गोरखा आउनु भएको हो’ पारसका निकट विक्रम सिंहले भने । गणतन्त्र घोषणा पछि पहिलो पटक गोरखा आएका पारसले गोरखा दरबारको अवलोकन तथा पुजाआजा गरेपछि गोरखा संग्राहलय अबलोकन गरे ।

आधाघण्टा समय संग्राहलयमा विताएका पारसले शाह वंशिय राजाहरुको इतिहास र पुराना हातहतियार बारे चासो राखेका थिए । उनले सबै भन्दा धेरै हातहतियारबारे चासो राखेर हेरचाह अड्डाका कर्मचारीहरुलाई सोधपुछ गरेका थिए ।

उनलाई कमल थापा र पशुपतिसम्सेर जवरा नेतृत्वको राप्रपाका कार्यकर्ताहरु र राजाबादीहरुले लक्ष्मीबजार देखि मोटरसाइकल ¥यालीसँगै गोरखा दरबार पु¥याएका थिए । दरबारमा बाजागाजाका साथ उनलाई स्वागत गरिएको थियो । पारस आफैँले भने भ्रमण र पुजाआजा बारे केही बोलेनन् । शाह बुधबार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्