‘जनताका अपेक्षा सम्बोधन गर्छौं’



नेपाल समाचारपत्र, चितवन
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बजेट पुर्ण रुपमा कार्यान्वयन गरेर प्रदेशलाई संमृद्ध बनाउने बताएका छन् । आज भरतपुरमा एभिन्यूज खबरको ११ औं बार्षिकोत्सबको अबसरमा आयोजित संघिय बजेट र प्रदेशिक बिकास बिषयक अन्तरकृया कार्याक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रयाप्त स्रोत साधन र भौतिक संरचनाको कमी भएपनि बजेट शत प्रतिशत कार्यान्वयन गर्ने बताए ।

“काम गर्न सके कुनैपनि क्षेत्रमा बजेटको अभाब हुदैंन,उनले भने,नौं महिनामा ७० प्रतिशत बजेट कार्यान्वयनको योजनामा छौं ।” उनले कागजमा मात्रै बनेको संघियता बिस्तारै ब्यबहारमा लगिदै गएको बताए । संघियताको नयाँ अभ्यासमा जनताको धेरै अपेक्षा रहेको भन्दै उनले तीन तहका सरकारको समन्वयबाट संमृद्ध हांसिल गर्ने उनले बताए ।

जनताका अपेक्षा प्रदेश सरकारले बिस्तारै सम्बोधन गर्र्दै जाने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै प्रदेशका भूमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले कृषिलाई बिशेष प्राथमिकतामा राखेको बताए । उनले कृषि बिमालाई ब्यवस्थित गर्दै परिणाममुखी अनुदानको ब्यबस्था गर्न लागिएको जानकारी दिए । उत्पादनका आधारमा अनुदानको ब्यबस्था गर्न लागिएको मन्त्री लामाले जानकारी बताए ।

प्रदेशका १३ ओटै जिल्लामा कोल्ड स्टोर निर्माण गरेर उत्पादन र ब्यबसायीकरणमा जोड दिइने उनले बताए । हिजोका ऐन कानुन संशोधन गरेर भए पनि जनताले राहत पाउने योजना सरकारले अघि सारेको मन्त्री लामाको भनाई छ ।

कार्यक्रममा सहभागिले समानुपातिक बिकासको अबधारणालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए । उनिहरुले कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन र उद्योगको बिकास गरि प्रदेशलाई संमृद्ध बनाउन सकिने सुझाब दिए । कुरा भन्दापनि काम गर्नेतर्फ सरकार केन्द्रित हुन उनिहरुले आग्रह गरे ।

कार्यक्रममा उठेका बिषयबस्तुको टिप्पणी गर्दै उद्योग बणिज्य महासंघका कन्द्रिय सदस्य डा.तिलचन्द्र भट्टराईले बजेट यथार्थपरक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले ४६ करोड रकम प्रदेश सरकारले चितवनका स्थानिय तहमा बिनियोजन गरेको भन्दै त्यसलाई ब्यवहारिक बनाउने जिम्म सबैको भएको बताए ।

यस्तै अर्थबिद कपिल सुबेदीले प्रदेश सरकारले समानुपातिक बिकास प्रणाली अबलम्बन गर्नुपर्ने भन्दै तराइको तुलनामा पहाडी क्षेत्रमा बजेट र कार्यक्रम धेरै पर्नु स्वाभाविक भएको तर्क गरे । उनले समथर भागमा बढ्दो जनघनत्वको मागलाई कम गर्न पहाडी भेगमा बिकाश निर्माणलाई तिब्रता दिनुपर्ने बताए ।

उद्योग बाणिज्य संघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमले उद्योगमैत्री वातावरण र लगानीका सम्भाबनाहरुलाई प्रदेश सरकारले जोड दिनुपर्ने बताए ।यस्तै प्रदेश सांसद मिलनबाबु श्रेष्ठले सबै क्षत्रलाई समेटर प्रदेश सरकारले काम गर्न सक्नुपर्ने बताए । उनले प्रदेश सरकार आफै आर्थिक रुपले बलियो बन्नेतर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष चुन नारायण श्रेष्ठ,पर्यटन बिकास समिति चितवनका महासचिब बिश्व सुबेदी,चिकित्सक डां भोजराज अधिकारी,क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे,केरा ब्यबसायी संघ चितवनका पुर्व अध्यक्ष यज्ञ सुबेदी,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्