वर्षा नहुँदा गर्मी बढ्ने



काठमाडौं, (नेस) । मनसुन अझै केही दिन कमजोर बन्ने भएको छ । गत जेठ २५ गते भित्रिएको यस वर्षको मनसुन मुलुकभर फैलिन अझै समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको बलियो प्रभावका कारण मनसुन अझै ३/४ दिनसम्म कमजोर रहने महाशाखाको ठहर छ । वर्षा नहुँदा पूर्वदेखि पश्चिम तराईका अधिकांश भेगको तापक्रम वृद्धि भएर गर्मी बढ्ने जनाउँदै महाशाखाले बुधवार विशेष बुलेटिन जारी गरेको छ ।

‘वर्षा शुरु नभएसम्म तत्काल तापक्रममा सुधार आउने संकेत छैन, महाशाखाका एक मौसमविद्ले नेपाल समाचारपत्रसँग भने–‘यो हप्ता मनसुन सक्रिय हुने छाटकाँट छैन ।’

प्रतिक्रिया दिनुहोस्