इरानविरुद्ध स्पेनको जित



एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबल प्रतियोगितामा समूह बी अन्तर्गतको दोस्रो चरणको खेलमा इरानविरुद्ध स्पेनको जित भएको छ ।
रसियाको कजान एरेनामा बुधबार मध्यराती भएको खेलमा इरानविरुद्ध स्पेनले १–० को जित निकालेको हो ।

खेलको ५४ औँ मिनेटमा स्पेनी स्ट्राइकर डिएगो कोस्टाले गरेको गोल नै इरानविरुद्ध खेल जित्न स्पेनका लागि निर्णायक बन्न पुग्यो ।
योसँगै अंक तालिकमा स्पेन पहिलो र पोर्चुगल दोस्रो स्थान बनाउन सफल भएका छन्। इरानका लागि शीर्ष १६ मा स्थान बनाउन थप कठिन भएको छ।

प्रतिक्रिया दिनुहोस्