उरुग्वेको जित, साउदी अरेविया बाहिरियो



एजेन्सी ।
जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ए अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा ऊरुग्वेले साउदी अरेविया विरुद्ध १–० ले पछि पारेको छ । खेलको २२ औँ मिनेटमा कर्नरबाट उपलब्ध बलमा टच गर्दै पहिलो गोल गरेपछि साउदी अरेविया विरुद्ध उरुग्वेको जित भएको छ ।

जितसँगै उरुग्वे समूह चरणबाट अंक पाउँदै माथि उक्लेको छ भने साउदी अरेविया भने समूह चरणबाटै बाहिरिएको छ । पहिलो हाफको खेलसम्म आक्रामक बनेकै कारण पाएको धेरै अबसर साउदी अरेवियाले गुमाईरहेको छ ।

समूह ‘ए’ अन्तर्गत आफ्नो पहिलो खेलमा उरुग्वेले इजिप्टमाथि १–० संघर्षपूर्ण जित हासिल गरेपछि र आयोजक टोली रसियासँग साउदी अरेविया पहलो खेलमा ५–० ले गोल खाएपछि तुलनात्मकरूपमा साउदीलाई भन्दा उरुग्वेलाई दोस्रो खेलमा दबाब कम भएको थियो ।

अन्तिम १६ मा पुग्ने चुनौतीलाई यथावत राख्न साउदी अरेबियालाई कम्तिमा पनि बराबरीको नतिजा अनिवार्य बनेको थियो। तर खेल अवधिभर धेरै राम्रो मौका पाएर पनि गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्