खानीमा भएको दुर्घटनामा दशको मृत्यु



लुसाका

जाम्बियाको दोस्रो ठूलो शहरको रूपमा चिनिने किटवेमा रहेको एउटा खानी उद्योगमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

मृत्यु भएका सवै जना खानी मजदुर रहेको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

“घटनास्थलबाट दश जनाको शव निकालिएको छ भने अरू सात जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ,” कोप्पेर्बेल्ट प्रान्तका एक जना उच्च प्रहरी अधिकारी चारिटी काटाङगाले भन्नुभयो ।

घटनास्थलमा खोजी तथा अनुसन्धान कार्य अहिले पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय सञ्चार माध्यमका अनुसार यस्ता घटनाहरू भइरहेपछि खानी उद्योगहरू बन्द गर्न एक अहिना अगाडि नै दबाब दिएका थिए ।

जाम्बिया विश्वमै धेरै खानीबाट तामा निकाल्ने देशमा पर्दछ । उसको आम्दानीको मुख्य स्रोत पनि यही नै हो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्