पोर्चुगलको जीतसँगै मोरोक्को समूह चरणबाटै बाहिरियो



एजेन्सी।
रसियामा जारी विश्वकप फुटबलको समूह बीको दोस्रो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको छ । खेलको चौँथो मिनेटमा पोर्चुगलको तर्फबाट रोनाल्डोले पहिलो गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।

पोर्चुगलको आजको जितले अर्काे खेलका लागि अंक बटुलेको छ भने मोरोक्को भने हारसँगै घर फर्किएको छ । हाफ समयसम्म पोर्चुगलको दबादमा बसेको मोरोक्कोले त्यसपछि भने पोर्चुगलमाथि निरन्तर दबाबमा राख्न सफल भएपनि मोरोक्कोले गोल गर्न भने सकेन ।

जारी विश्वकपमा समूहको पहिलो खेलमा पोर्चुगलले बलियो स्पेनलाई अन्तिम क्षणतिर बराबरीमा रोक्दै आफू बलियो रहेको प्रमाणित गरेको थियो।

पहिलो खेलमा १ अंक जोडेको पोर्चुगललाई अन्तिम १६ मा स्थान बनाउन मोरोक्कोविरुद्धको खेल महत्वपूर्ण बन्यो । मोरोक्कोले विश्वकपको पहिलो खेलमा असोचनीय आत्मघाती गोलका कारण पराजित भएपछि इरानलाई ३ अंक दिन बाध्य बन्यो।

जारी विश्वकपमा रहिरहन मोरोक्कोलाई पोर्चुगलविरुद्ध कम्तिमा पनि बराबरीको नतिजा आवश्यक थियो । पोर्चुगलसँग पराजित भएपछि मोरोक्को समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्