मोरक्को माथि पोर्चुगल हावी, १–० ले पोर्चुगलको अग्रता



काठमाडौं । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलअन्तर्गत अहिले समूह बी को पोर्चुगल र मोरक्कोबीचको खेल जारी छ ।

खेल शुरु भएको चौथो मिनेटमा पोर्चुगलका तर्फबाट रोनाल्डोले पहिलो गोल गरेका छन् । समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरान आत्मघाती गोलले पराजित भएको थियो ।

आजको यस खेलमा पोर्चुगलका स्ट्राइकर रोनाल्डोमाथि सबैको ध्यान केन्द्रित छ । पहिलो खेलमा उनले हाट्रिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्