साउदी नमीठो हारबाट उम्कने प्रयासमा



समूह ‘ए’ अन्तर्गत आफ्नो पहिलो खेलमा जित हासिल गरेको उरुग्वेलाई साउदी अरेबियाको चुनौती त्यति कठिन नहुन सक्छ। पहिलो खेलमा मोहमद सलाहविहीन इजिप्टमाथि १–० संघर्षपूर्ण जित हासिल गरेपछि तुलनात्मकरूपमा साउदी अरेबियालाई भन्दा उरुग्वेलाई दोस्रो खेलमा दबाब कम भएको छ।

समूहको अन्तिम खेलमा आयोजक रुसको चुनौती पाउन अघि नै उरुग्वेले साउदी अरेबियाविरुद्ध शानदार जित हासिल गर्ने रणनीति बुनेको हुनुपर्छ। साउदी अरेबियाविरुद्ध हुने खेलमा चर्चित स्ट्राइकर लुइस स्वारेजका लागि उरुग्वेका तर्फबाट १ सयौं म्याच हुनेछ।

यता समूह ए पहिलो खेलमा लज्जास्पद ५–० को पराजय भोगेको साउदी अरेबियाका लागि बुधबारको खेल ’गर या मर’ को अवस्थामा रहेको छ। अन्तिम १६ मा पुग्ने चुनौतीलाई यथावत राख्न साउदी अरेबियालाई कम्तिमा पनि बराबरीको नतिजा अनिवार्य बनेको छ।

उरुग्वेका सम्भावित खेलाडी ः
फर्नान्डो मुस्लेरा, गुइलर्मो भरेला, जोसे मरिया गीमीनेज, डिएगो गोडिन, मार्टिन कसेरेस, नहितान नान्देज, मतिअस भेसिनो, रोड्रिगो बेन्तानसार, क्रिस्टियन रोड्रिग्वेज, लुइस स्वारेज, एडिन्सन कभानी।

सम्भावित फर्मेसन ः ४–४–२
साउदी अरेबियाको सम्भावित खेलाडी ः
मोहमद एलोवाइस, मोहमद अलबुर्याक, ओसामा हवसवी, अली अलबुल्याही, यासेर अलसाहारनी, सलेम अल्दासरि, अब्दुल्लाह ओटाएफ, सलमान अल्फाराज, ताईसिर अल्जासाम, याहिआ अलशेरी, फहाद अलमुल्लाद।
सम्भावित फर्मेसनः ४–३–३ अथवा ४–५–१

प्रतिक्रिया दिनुहोस्