६ मिनेटको अन्तरमा दुई पटक भूकम्प



काठमाडौं, (नेस)
बुधवार विहान दुई पटक भूकम्प गएको छ । ताप्लेजुङ केन्द्रविन्दु भएर ६ मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको हो ।
विहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ र १० बजे ४ दशमलव ७ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ सहित तेह्रथुम, पाँचथर, इलाम सहित आसपासका जिल्लामा प्रष्ट महशुस गरिएको केन्द्रका एक अधिकारीले बताए ।
उनले भने¬–‘ताप्लेजुङको कुन ठाउँ केन्द्र भएर भूकम्प गएको हो, दुवै कम्पको केन्द्र एकै स्थान हो या होइन भनेर पहिचान गदैछाैं ।’

प्रतिक्रिया दिनुहोस्