एसर्इर्इकाे रिजल्ट प्रकाशन



काठमाडाैँ । माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा बुधबार सार्वजनिक हुने भएकाे छ ।

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसर्इर्इकाे नतिजा अाज सांझ ५ बजे सार्वजनिक गर्ने जनाएकाे छ।

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्