किमद्वारा पुन चीनको गोप्य भ्रमण



बेइजिंग,(एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उन दुई दिने ओपचारिक भ्रमणका लागि चीन आइपुगेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चिनिया सरकारी टेलिभिजनलाई उदरित गर्दै जनाएको छ ।

यो वर्षको किमको यो तेस्रो चीन भ्रमण हो । रोयटर्सले किम चीन आइसकेको दावी गरे पनि चीनको अखवार पिपुल्स डेली चाइनाले किमले १९ जुनदेखि २० जुनसम्म चीनको भ्रमण गर्न लागेको भन्दै ट्विटर मार्फत जानकारी गराएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसंग १२ जुनमा सिंगापुरमा भेटेर कोरियाली प्रयाद्वीपमा आणविक निशस्त्रीकरण गर्ने बारे किमले सहमति जनाएका थिए । उक्त ऐतिहासिक शिखरवार्ता सम्पन्न भएको एकसाता नबित्दै उनी चीन गएका हुन्।

उनको यसपटकको चीन भ्रमण पनि अत्यन्तै गोप्य राखिएको देखिन्छ किनभने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले यसबारे कुनै औपचारिक समाचार प्रकाशमा ल्याउन सकिरहेका छैनन् ।
जापानको निकेइ एसियन रिभ्युले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको वार्ताबारे चिनियाँ राष्ट्रपति सि जिन्पिंगलाइ प्रत्यक्ष जानकारी गराउन किम चीन जान लागेका विभिन्न स्रोतलाई उदरित गर्दै जनाएको छ ।

यसअघि किमको भ्रमण सम्पन्न भइसकेपछि मात्र चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले उक्त भ्रमणबारे समाचार सार्वजनिक गर्ने गरेका थिए । तर यसपालि भने भ्रमण शुरु हुनु अगाडि नै समाचार चुहावट भएको सीएनएनले जनाएको छ । सीएननले पनि चीनको आधिकारिक सरकारी समाचार निकाय सिन्ह्वालाई उदरित गर्दै किमले चीन भ्रमण गर्न लागेको खवर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्