बन्दुकको विज्ञापन बन्द



लस एन्जलस (एजेन्सी)
सामाजिक सन्जाल फेसबुकले जुन २१ बाट आफनो नितिमा विशेष परिवर्तन गर्न लागेको छ । आफनो वेवसाइटमा बालबालिकालाई बन्दुक र त्योसँग सम्बन्धित विज्ञापन हेर्न बन्द गर्ने कम्पनीले जनाएको छ । अहिलेसम्म फेसबुक प्रयोगन गर्नेहरुले बन्दुकको स्कोप, होल्टर, बन्दुकमा लगाउने लाइट, स्लिंग्स, साइटस, बेल्ट, एक्स्ट्रा, सेफको विज्ञापन हेर्न पाइन्छ । तर अब फेसकबुकमा यी विज्ञापन बच्चालाई नदेखाउने ब्यवस्था गर्न लागिएको छ । फेसबुकले आफनो नितिहरुमा नियमित समीक्षापछि यो फैसला लिएको जनाएको छ । अमेरिकी स्कुलहरुमा हुने गरेका बन्दुक हिँसालाई ध्यानमा राखि उक्त निर्णय लिइएको उसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्