एभरेस्ट बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेस्ट बैंकले सतुंगलस्थित विष्णुदेवी शिक्षा सदनलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एलबी प्रभाकरले शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्नु भएको थियो । उक्त कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठलगायतको उपस्थिति थियो ।

बैंकका ग्राहक संख्या साढे नौ लाखभन्दा बढी रहेको छनु भने बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएममार्फत् सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्