अन्तरिक्ष सेना गठन गर्ने ट्रम्पको घोषणा



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामा छैंठो साखा बनाउन चाहेको र त्यो अन्तरिक्ष सेना ‘स्पेस फोर्स ‘ हुने बताएका छन् ।
देशको सुरक्षाका लागि अन्तरिक्षमा अमेरिका उपस्थितिमा मात्र सिमित नरहेर सक्तीशाली र प्रभावशाली हुनुपर्ने ट्रम्पले बताए ।

उनले यो फरक सेना हनुे र यसले देशको सुरक्षा बढ्ने मात्र नभएर नयाँ रोजगारी पनि सिर्जना हुने र अर्थब्यवस्थामा पनि सुधार आउने उनले बताए ।

ट्रम्पले रुस वा चीन जनास्ता कुनै अन्य देशलाई यस मामिलामा अब्बल बन्न नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् । ट्रम्पले घोषणामा भने– यो अत्यन्त महत्वपुर्ण हो । म रक्षा विभाग र पेन्टागनलाई अमेरिकी सेनाको छैठो साखाका रुपमा स्पेस सेना तयार गर्ने विषयमा तत्काल काम सुरु गर्न निर्देशन दिन्छु । वायु सेनका बाहेक पनि अमेरिकाको अर्को सेना हुनेछ , अन्तरिक्ष सेना । जुन अलग्ग हुनेछ तर वायुसेना समान हुनेछ ।

राष्ट्रिय अन्तरिक्ष परिषदसँगको हुन लागेको बैठक अगाडी एक प्रेस सम्मेलनमा ट्रम्पले उक्त कुरा राखेका हुन् । ट्रम्पले भने– मैले डिसेम्बरमा उक ऐतिहासिक आदेशमा हस्ताक्षर गरेको थिएँ । मैले सन् १८७२ पछि अमेरिकीलाई फेरी चन्द्रमामा लिएर जाने भेनको थिएँ । यो पटक हामी चन्द्रमामा झन्डा गाडेर र पाइलाको डोब छोडेर मात्र आउने होइन, लामो समयसम्म त्यहाँ बसिरहने हो ।

हामी आफनो अर्थब्यवस्था विस्तार गर्नेछौं र पुन मंगल ग्रहमा जानकालागि आफनो अभियान सुरु गर्ने छौं । यो अब वास्तवमा चाँदै हुनेछ ।
ट्रम्पले देशमा तिब्र रुपमा विकास भइरहेको ब्यावसायिक अन्तरिक्ष उद्योगसँग मिलेर अगाडी बढ्न तयार रहेको संकेत पनि दिएका छन् । धनी नागरिकलाई देशको सम्पतीको प्रयोग गरि रकेट प्रक्षेपण गर्न अनुमति दिने उनले बताए ।

सेनाको नयाँ साखा बनाउनका लागि अमेरिकी कांग्रेसले यस सम्बन्धमा एक कानुन पनि पारित गर्नु पर्नेछ । जसले उनको फैसलालाई वैधता दिनेछ ।

प्रतिक्रिया दिनुहोस्