विद्यालय भवन हस्तान्तरण



नुवाकोट(नेस)
सु्र्यगढी गाउँपालिका वडा नं २ कुवापानीमा समारिटन्स पर्सको आर्थिक सहयोगमा निर्माण गरिएको मंगलादेवि आधारभुत विद्यालयको भवन हस्तान्त्ररण गरिएको छ । विस. २०७२ सालको भुकम्पमा ध्वस्त भएको विद्यालयमा गैरसरकारी संस्था समारिटन्स पर्सको आर्थिक सहयागेमा निर्माण गरिएको हो ।

विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समितिका अध्यक्ष र विद्यार्थीहरु एकजुट भएर लाग्नुपर्ने बताए । तामाङले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षकहरुले आप्ना बालबालिकालाई पनि सामुदायिकमा नै भर्ना गरएमात्र सुध्रा धारणा व्यत्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख मदन थापाले विभिन्न संस्थाले विद्यालय निर्माण गरिदिएपनि त्यो सरकारले नै निर्माण गरिदिएको धारणा व्यत्त गर्नुभयो । थापाले विधालयको शिक्षामा सुधार गर्न सबैपक्षहरु मिलेरु अघि बढेमा मात्र संभव रहेको बताउनुभयो । भुकम्पबाट ध्वस्त भएको विद्यालयले सबैलाई साङ्ग्रो र एकै ठाउँमा राखेर पढाउने गरेको थियो ।

विद्यालयमा १ सय ९५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रअ लामिछानेले बताए । विद्यालयको भवन निर्माणस्थलको जग्गाको लागि स्थानियबासीहरुले २ लाख ४३ हजार र कारनेट नेपालले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको । जुन रकमले चार रोपनी सात आना जग्गा किनेको समारिटन्स पर्स नुवाकोटका कार्यक्रम संयोजक गणेश लामाले बताए । विद्यालयमा अहिले पक्की भवन निर्माण भएसँगै विद्यार्थी भने दङ्ग छन । नौकोठे भवनसहितको संरचना र भौतिक सामग्री समेत जुटाइ गाउँपालिका र विद्यालय प्रशासनलाई भवन हस्तान्तरण गरिएको छ ।

एक करोड ८५ लाख रुपैयाँको आर्थिक लगानीमा भूकम्पलगायतका विपद् प्रतिरोधी भवन, छकोठे शौचालय, छवटा धारासहितको स्वच्छ खानेपानी, सबै कक्षामा पुस्तकालय, फर्निचर, खेल सामग्री र विषयगत शिक्षकलाई तालीमसमेत प्रदान गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालयका सबै कक्षामा पूर्णक्षति बनाएकाले अस्थायी टहरामा सञ्चालनमा रहेको विद्यायललाई नयाँ भवनसहित सहायता सामग्री प्राप्त भएकाले शिक्षकरुमा मनोबल वृद्धि हुनाकासाथै विद्यार्थीमा पनि उत्साह बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर लामिछानेले बताउनुभयो ।

समरिटेन्ट पर्सको ‘अन्तर्रा्ष्ट्रिय राहत कार्यक्रम’ मार्फत यहाँ हाल अन्य पाँच विद्यालयको पुनःनिर्माण र त्यसका लागि आवश्यक सामग्री व्यवस्थापन भइरहेको उक्त संस्थाका जिल्ला कार्यक्रम संयोजक गणेश लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्