सेनेगल र पोल्याण्ड बीचको खेल सुरु



एजेन्सी ।
विश्व कप फुटबल प्रतियोगिताको समूह एच तर्फको दोस्रो खेल पोल्याण्ड र सेनेगल बीच सुरु भएको छ । सन् १९७४ र सन् १९८२ विश्वकपमा तेस्रो स्थान ओगटेको पोल्याण्ड सन् २००२ मा विश्व कपमा भाग लिएका सेनेगललाई हराउने दाउमा छ ।

यसपटक पोल्यान्डका लागि समूहमा कडा टोली नभएकैले अन्तिम १६ मा पुग्न त्यति गाह्रो नहुने आकलन छ । सेनेलगको विश्वकप यात्रा सन् २००२ पछि यो दोस्रो यात्रा हो । विश्वकपमा पहिलो सहभागितामै सेनेगलले इतिहास रच्दै क्वाटर फाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्