जापानसँग कोलम्बिया २–१ ले पराजित



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा जापानसँग कोलम्बिया २–१ गोल अन्तरले पराजित भएको छ । खेलको पहिलो हाफसम्म जापानले १–१ गोलको बराबरी खेल्यो ।

खेलको सुरुवातीबाटै आक्रामक खेल खेलेको जापानले कोलम्बिया विरुद्ध खेलको छैटौं मिनेटमा जापानले पेनाल्टीबाट गोल गर्दै अग्रता लिएको थियो ।

कोलम्बियाका कार्लोस सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो ।  ११ खेलाडीमा सीमिट कोलम्बियाले खेलको ३९औं मिनेटमा तर्फबाट जुहान क्युन्टेरोले फ्रिकिकबाट गोल गर्दै बराबरी गरेका हुन् ।

भने ७२ औँ मिनेटमा जापानका खेलाडी ओसाकाले १ गोल थपेपछि जापान २–१ गोलले अग्रता लिएको हो ।

प्रतिक्रिया दिनुहोस्