कोलम्बिया भर्सेस जापान, १–१ गोलको बराबरीमा



एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबल प्रतियोगिता अन्तर्गतको समूह एचको पहिलो खेल कोलम्बिया र जापान बीच खेल भैरहेको छ । ताजा परिणाम अनुसार, कोलम्बिया र जापान पहिलो हाफसम्म १–१ गोलको बराबरीमा खेल पुगेको छ ।

जापानले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा पहिलो हाफसम्म बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा जापानले पेनाल्टीबाट गोल गर्दै अग्रता लिएको थियो ।

सुरुवाती समयमा नै निकै आक्रमक देखिएका जापानले खेलको ३९औं मिनेटमा जुहान क्युन्टेरोले फ्रिकिकबाट गोल गर्दै बराबरी गरेका हुन् ।
त्यस्तै हातले बल रोकेका कोलम्बियाली खेलाडी कार्लोसले भने रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्