विश्वकपः जापान र कोलम्बियाबीचको खेल शुरु



काठमाडौँ । विश्वकप समूह ‘एच’ को पहिलो खेलमा मंगलबार बेलुका पौने ६ बजे जापान र कोलम्बियाबीच खेल सुरु भएको छ ।

कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वार्टरफाइनलमा पुगेको टिम हो । यसपटक पनि त्यो सामर्थ्य र लय कोलम्बियन टिम देखिन्छ ।
जेम्स रोड्रिगेज, फाल्काओ जस्ता खेलाडी हुँदाहुँदै पनि कोलम्बियन टिम यस्तो टिम हो, जसलाई विश्वकपमा धेरैले मन पराउँदैनन् । सन् २०१४ को विश्वकपमा ब्राजिलका नेमारविरुद्धको खराब ट्याकल, २०१७ को मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया खेलाडीलाई मैदानमै जिस्काएर पाँच खेलको प्रतिबन्ध भोग्नुजस्ता घटनाले पनि कोलम्बियन टिम चर्चामा आइरहन्छ ।

मन पराउने र घृणा गर्नेहरुको बीचमा कोलम्बियन टिम जितको आधार भने खडा गर्छ । यसैले समूह ‘एच’ बाट अघिल्लो चरणमा जाने कोलम्बियाको सम्भावना बलियो छ ।

सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैठौं विश्वकप हो । कोलम्बियाले त्यसपछि सन् १९९०, १९९४, १९९८ र २०१४ को विश्वकप खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्