मजाक बन्दै दाइजो प्रथा



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा दाइजो बिना विवाह गर्नुपर्छ भनेर आवाज उठाउने मात्रै एक दर्जन गैर सरकारी संसथा होलान् भने दाइजो नलिन विवाह गछौं भन्नेहरु त दिनदिनै भेटिने गरेका छन् तैपनि दाइजो सामाजिक कुसंस्कारको रुपमा जरो गाडेर बसेको छ।

पछिल्लो पटक दाईजो लिएरपनि विवाह गर्न नमान्ने बेहुला पक्षलाई कार्यवाहीको माग गरिएको छ । एक ब्यक्ति उजुरी लिएर प्रशासन कार्यालय नै पुगेका छन् । गएको असोज १८ गते फिरोजसंग छोरी लतिफन खातुनको विवाह तय भएको र त्यसकै लागि २ लाख ३० हजार नगद दाइजो दिएपनि अहिले धेरै लामो समय बित्दा समेत केटा पक्ष विवाह गर्न नमानेपछि बेहुला र उनका पिता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन लिएर वीरगन्ज १७ का अनवर देवान पुगेका हुन्।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल भएका ठाउँमा उजुरी गर्न पुगेका देवानलाई सिडियोले भने फर्काइदिएका हुन् । यो आफुहरुले हेर्ने मुद्दा नभएको भन्दै फर्काइ दिएको अनवरले नै बताए ।बाराको चैनपुर गाउँपालिका वडा नम्बर ४ पिपरा निवासी मह्मद अमिल साह र उनका छोरा फिरोज आलम साहले दाइजो लिएरपनि विवाह गर्न नमानेको निवेदन सहित प्रशासन कार्यालय पर्सा पुगेका देवानको निवेदनलाई प्रमुख जिल्ला अधिकारीले अस्वीकार गरेका हुन् ।

न्याय मांग्न जिल्ला प्रशासनमा आएपनि प्रमुख जिल्ला अधिकारीले न्याय समितिमा जान भन्दै आफुलाई कार्यकक्षबाट निकालेको अनवरले आरोप छ। तर,पर्साका प्रमुख जिल्ला अधिकारी पौडेलले भने यो सामाजिक समस्या भएकाले आफूले कानुनमा ब्यवस्था भए अनुसार स्थानीय तहको उपप्रमुख समक्ष गएर सल्टाउन सुझाएको बताए ।

पछिल्लो समय कानुनले गाउँपालिका उपाध्यक्ष वा उपमेयरलाई यो अधिकार दिएको छ । यस्ता बिषयमा उजुरी प्रशासनले लिन थाले आफूले अन्य काम गर्न नै नपाउने प्रजिअको भनाइ छ । प्रशासन कार्यालयमा दाइजोका कारण नै दिनैजसो उजुरी आउने गरेको उनी बताउछन् ।

प्हिला दाइजो दिने अनि पछि बिभिन्न कारणले समस्या भएपछि प्रशासन आउने गरेको आफूले पाएको उनले बताए । विवाहको शुरुमा भने दाइजाको बिषयमा हुने मोलतोलमा प्रशासनलाई जानकारी समेत नहुने गरेको प्रजिअको भनाइ छ । दाइजोको बिषयमा विवाह छिन्ने समयमा नै माग भए उजुरी गन्ृ आग्रह गरेका छन् ।

विवाह भएपछि वा हुने टुंगो लागेपछि वा दाइजो दिएपछि कारवाही गर्न आफूहरु बाध्य नहुने उनको तर्क छ । पर्सामा अझैपनि दइजो दिने र लिने जमात ठूलो रहेको पाइएको छ। मधेशमा खासगरी अझैपनि केटी पक्षले नगद र जिन्सी विवाह भन्दा पहिला नै दिइ केटा खरिद गर्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्