सुनसान खेल



वरिष्ठ नेताहरू २/४ दिनका लागि विदेश प्रस्थान गर्ने भएसी मुलुक त झन्डै झन्डै खालि नै हुने भो। प्रधानमन्त्री, मन्त्रीहरूको ठूलै टोली, बाक्लै संख्यामा सरकारी अधिकारीसहित पूर्वप्रधानमन्त्रीसमेत मुलुकबाहिर भएसी समाचारको खडेरी हुने सम्भावना बढ्या छ।

पीएम ओली १ सय १० जनाभन्दा बढीलाई लिएर चीन जाने, नेकपाका अर्का नेता प्रचण्ड श्रीमती सीताको उपचारका लागि सोमबार नै सिंगापुर पुगेपछि मध्यवर्षात्मा समाचारको खडेरी बढ्ने कन्फर्म। फुटबलको यत्रो माहोल चलिराख्या बेला केको खडेरी हुनु भन्ने पाठकवृन्दलाई लाग्नु स्वभाविक हो।

राजनीतिक बल यताउता फाल्न माहिर नेताहरू नै नभएपछि साह्रै सुनसान नै हुँदोरैछ भन्या। नेताहरू नहुँदा धरहरालाई के नपुग्या, के नपुग्याजस्तो लाग्ने, दर्शकबिनाको रंगशालाजस्तो। उता रसियामा चल्या फुटबल हेर्न यता दर्शकको अभाव भएजस्तो। यहीबेला राजनीतिक फुटबलसमेत जम्या भए पो मज्जा हुन्थ्यो। ए साँची, यता हाम्रा राजनीतिक खेलाडीका ‘रेफ्री’ र ‘लाइन्स म्यान’हरू पनि उतै कताका छन् क्यारे !

प्रतिक्रिया दिनुहोस्