मेसीबारे केही रोचक कुरा



मेड्रिड, (एजेन्सी)
स्पेनिस एयरलाइन्सका अनुसार बार्सिलोनाको हवाइ अड्डाको विस्तार सम्भव छैन किनभने यस स्थानमा उडान भर्न सकिने स्थिति छैन। पर्यावरणको नियमका कारण यस्तो भएको बताइए पनि एयरलाइन्सले लियोनल मेसीलाई दोषी मान्छ।

विमान उड्न मनाही
बार्सिलोनाको गावामा मेसी बसोबास गर्छन्। यो स्थान भनेको पर्यावरणले गर्दा प्रतिबन्धित क्षेत्र हो। यसैले मेसीको घरमाथिबाट विमान उडाउन प्रतिबन्ध लगाइएको छ।
फुटबल आकार
मेसीको घर माथिबाट हेर्दा फुटबल आकारको देखिन्छ। मेसीको घर अत्याधुनिक सुविधाको छ। उनको घर पुरै पर्यावरणमैत्री छ। कौसीबाट हेर्दा चारैतर्फ हरियाली मात्रै देखिन्छ।
विहे
मेसीले २०१७ मा आफ्नो बाल्यकालकी साथी र गर्लफे्रन्ड एन्टोनेला रोकोजोसँग विहे गरेका थिए। मेसी र रोकुजो बाल्यकालमा छिमेकी थिए। ६ वर्षको उमेरमा मेसीले रोकोजोलाई देखेका थिए। यसपछि उनी १३ वर्षको उमेरमा स्पेन गए। जहाँ उनी फुटबल क्लब बार्सिलोना आबद्ध भए। तर दुवैजना सम्पर्कमा रहेका थिए। यसपछि छिटै प्रेममा बदलियो र २००८ मा मेसी र रोकोजो साथसाथ रहन थाले। यो सम्बन्धलाई गतवर्ष दुवैले वैवाहिक बन्धनमा बाँधे। उनीहरूको विहेअगाडि दुई छोरा छन्।

प्रतिक्रिया दिनुहोस्