नेपोलियनको ऐतिहासिक टोपी लिलाम हुने



पेरिस,(एजेन्सी)
विश्व सम्राट बन्ने सपना देखेका फ्राँन्सका योद्धा नेता नेपोलियनको सैनिक टोपि सोमवार राति लिलाम हुने भएके छ । सन् १८१५ को वाटरलु युद्धमा पराजित हुँदा उनले जोगाएको सो टोपि ल्योन शहरमा लिलाम हुन लागेको हो ।

पुर्व फ्रेन्च शासक नेपोलियन यस दुईकोणिय टोपिका लागि निकै प्रख्यात थिए । वर्षौं देखि नेपोलयनका युद्धसंग सम्बन्धित ऐतिहासिक वस्तुहरु संकलन गर्ने होडबाजी चल्दै आएको छ । वाटरलुमा नेपोलयनले लगाएको सम्पुर्ण जिउ ढाक्ने रातो लुगा महारनीको हो । सन् १८३७ देखि यो वस्त्र शाही संग्रहमा रहेको छ ।

कुर्कुच्चा समम पुग्ने एम्ब्रोइडर गरिएको यो लुगा फ्रान्सले युद्ध हारेको राति लगाएका थिए । गठबन्धन फौजले युद्ध जितेपछि यो लुगा उनको बग्गीबाट लुटिएको थियो । सन् १९८६ मा एकजना व्यक्ति विशेषले खरिद गरेको नेपोलियनको टोपी २६ देखि ३५ हजार पाउन्ड सम्ममा लिलाम हुने अनुमान गरिएको छ ।

यो अहिले सम्म अस्तित्वमा रहेको नेपोलियनको १९ वटा टोपी मध्ये एक भएको बताइएका ेछ । आफ्नो जीवनकालमा नेपोलियनले करिव १ सय २० वटा यस्तै टोपी लगाएको बताइन्छ । तर सामान्यतया उनीसंग आफ्नो कार्यकालमा १२ वटा टोपी थियो ।

प्रत्येक टोपीको तीन वर्षको आयु रहेको थियो । मानाकोको शाही परिवारसंग संग्रहित नेपोलयनको अर्को टोपी चार वर्ष अघि दक्षिण कोरियाका खाद्यान्न र कृषि सम्बन्धी ठूला व्यवशायी हारिमले १९ लाख पाउन्डमा खरिद गरेका थिए ।

त्यो टोपी नेपोलियनले सन् १८०० को मारेन्गो युद्धकोबेला लगाएका थिए । तर हिजो लिलाम हुन लागेको टोपी सन् २०१४ मा बिक्रि भएके टोपी जस्तो दुरुस्त हालतमा नभएके बताइएको छ । वाटरलुको युद्धपछि यो टोपी डच क्याप्टेन ब्यरोन आर्नोट ज्याक्स भान जुइज्लेन भान निजेभेल्टले खरिद गरेका थिए ।

यसैगरी गत नाभेम्वरमा नेपोलियनको राज्याभिषेकका लागि तयार गरिएको मुकुटको सुनको पखेटा ६ लाख २५ हजार पाउन्डमा लिलाम भएके थियो । नेपोलियनले सन् १८०४ मा आफुलाई फ्रान्सको सम्राट घोषित गरेका थिए । अन्य युरोपिय शक्तिशाली राष्ट्रहरु विरुद्ध युद्धको शंखनाद गरेका उनी अन्तत १८१५ मा वाटरलु युद्धमा लज्जास्पद ढंगले पराजित हुन पुगेका थिए । वन्दि अवस्थामा सेन्ट लुइसको टापुमा उनको निधन भएके थियो ।

प्रतिक्रिया दिनुहोस्