मोदीलाई भेट्न हजारौ किमि हिंड्दै



नयाँदिल्ली,(एजेन्सी)
भारतिय प्रधानमन्त्री नरेन्द« मोदीलाई पुरा भइनसकेको उनको प्रतिवद्धता सम्झाउने उद्देश्यले एकजना भारतिय पुरुषले १ हजार ३ सय ५० किमि दुरी हिंडेरै तय गर्न खोजेका छन् ।

हिंडाईको क्रममा अलि अस्वस्थ भएर केहि समय अस्पताल भर्ना भएक पुर्वी राज्य ओडिसाका मुक्तिकान्त बिस्वालले सोमवार पुन यात्रा आरम्भ गरेको भारतिय संचार माध्यमले जनाएके छ । उनले ओडिस देखि राजधानी नयाँदिल्ली सम्म हिंड्ने योजना बनाएक हुन् ।

आफ्नो गन्तव्य देखि केवल २ सय १८ किमि टाढा रहेकोबेला उनी आगरामा अस्पताल भर्ना भएक थिए । उनले आफुले प्रधानमन्त्री मोदीको आफ्नो राज्यमा अस्पताल निर्माण गराइदिने वाचा सम्झाउन चाहेको बताएका छन् ।

गर्मीयामको प्रचण्ड तापक्रमको वेवास्ता गर्दै उनले हातमा झण्डा लिएर १६ अप्रिलमा आफ्नो यात्रा प्रारम्भ गरेका थिए । मोदीले आफ्नो चुनाव प्रचार प्रसार अभियानको क्रममा सन् २०१५ मा ओडिसाको सामान्य अस्पताललाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज स्तरको अस्पतलामा परिणत गरिदिने आश्वासन दिएका थिए ।

बिस्वालले ओडिसाको इस्पाट जनरल हस्पिटललाई बदल्ने वाचा पुरा गराउन मोदी समक्ष आग्रह गर्न लागेको विविसिलाई बताएक छन् । उनले विविसिलाई भनेका छन् , ‘ प्रधानमन्त्रीले मलाई भेट्नु हुन्छ वा हुन्न मलाई थाहा छैन । यदि उहाँले भेट्नु भएन भने मैले भोक हडताल गर्नेछुँ । ’

भारतका प्रमुख विपक्षी पार्टी कंग्रेसका नेताले बिस्वालको अभियानलाई लिएर ट्विट गरिसकेका छन् । तर मोदीले भने यस विषयमा अझै सम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन । बिस्वालले आफ्नो कामबारे कंग्रेस नेता राहुल गान्धीले टिवट गरेकोमा खुशी प्रकट गरेका छन् । उनी यसै साताका अन्तयतिर दिल्ली आइपुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्