क्षेप्यास्त्र खसालियो



रियाद (एजेन्सी)
साउदी अरेबियाको हवाई सुरक्षा प्रणालीले यमनबाट प्रहार गरिएको एक ब्यालेस्टिक क्षेप्यास्त्रलाई बीचैमा नष्ट गरेको छ ।

उक्त क्षेप्यास्त्र दक्षिणी जिजान सहरलाई निसाना बनाई प्रहार गरिएको सउदी प्रेस एजेन्सीेले जनाएकोछ । उक्त घटनामा एक पाकिस्तानी नागरिक घाइते भएको बताइएको छ ।

इरान समर्थित हुथी विद्राहीले क्षेप्यास्त्रले जिजान स्थित एक सैन्य सिविरलाई निसाना बनाइएको दावी गरेको छ । आइतबार साउदी हवाई रक्षा सेवाले जिजानलाई निसाना बनाई प्रहार गरिएको अर्को एक क्षेप्यास्त्रलाई नष्ट गरेको साउदी अरेबियाको सरकारी सन्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्