१०औं कृति अवार्ड हुँदै



काठमाडौं, (नेस)
नेपाल विज्ञापन संघले आगामी भदौ ७ गते १०औं कृति अवार्ड गर्ने भएको छ । उक्त अवार्डका निम्ति चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्र कुमार रिजाल ‘शशि’ले टाईटल स्पोन्सर सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

उक्त अवसरमा सिजीका उपाध्यक्ष जीपी शाह, वरिष्ठ महाप्रबन्धक प्रदीप पुडासैनि र सहायक महाप्रबन्धक लालबाबु प्रसाद तथा आनका पूर्वअध्यक्षलगायतको समेत उपस्थिति रहेको थियो ।
१०ौं कृति अवार्डको टाईटल स्पोन्सर नेपाल आइस (सिजी. ब्रुअरी नेपाल) र पावरड बाई सिजी सिमेन्ट हुनेछ । सो अवसरमा चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल विज्ञापन संघले २०६० देखि गर्दै आएको कृति अवार्डसलाई केही वर्षयताका संस्करणमा सिजी गु्रपले प्रायोजन गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताउनुभयो ।

त्यसै नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्र कुमार रिजाल ‘शशि’ले प्रमुख प्रायोजक सिजी ब्रुअरी र पावरड बाई सिजी सिमेन्टलाई कार्यक्रम प्रायोजनका लागि धन्यबाद व्यक्त गर्दे भविष्यमा पनि नेपाल विज्ञापन संघ र सिजी ग्रुपबीचमा सहकार्य रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

कृति अवार्डको १०औं संस्करणमा २५ विभिन्न विज्ञापनका विधालाई प्रतिस्पर्धा गरी पुरस्कृत गरिने छ। अवार्ड छनोट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मिडिया मार्केटिङ क्षेत्रका विज्ञ डा. सुधांशु दाहाल, प्राडा भोजराज अर्याल र बबिता बस्नेतसहितको ३ सदस्यीय प्रमुख निर्णायक मण्डल रहनेछ । जसमा विभिन्न क्षेत्रका विशेषज्ञसहितको निर्णायक उपसमिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्