नेपाल बंगलादेश बैंक र नेसनल लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल बंगलादेश बैंक र नेसनल लाइफ इन्स्योरेन्सका बीचमा बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बंैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र्रप्रसाद ढुंगाना तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गर्नु भएको थियो ।

यस सम्झौतापश्चात बैंकका ग्राहकले बैंकका ७१ वटै शाखाबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्