सुजुकी स्विफ्टको पहिलो ग्राहक शक्ति गौचन



काठमाडौं, (नेस)
सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले स्विफ्टको तेस्रो संस्करणको मोडल अनावरण गरेको छ ।

यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनद्वारा गरिएको थियो ।

शक्ति गौचन स्विफ्टको नया“ मोडेलकै पहिलो प्रयोगकर्ता बन्नुभएको छ । कार्यक्रममा बोल्दै शक्ति गौचनले भन्नुभयो–‘म पहिलेदेखि नै सुजुकीको फ्यान हु“ । सानैदेखि नै मलाई सुजुकीका गाडीहरुमा निकै चासो हुने गर्दथ्यो । यस दिनको लागि म लामो समयदेखि धैर्यतापूर्व पर्खाइमा थिए“ । लामो प्रतीक्षाको फलस्वरुप आज एक उत्कृष्ट गाडी प्रयोग गर्ने अवसर प्राप्त गर्दा म निकै उत्साहित छु ।’

नया“ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एलइडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन आयल व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियरसहित १.२ लिटर भीभीटी जस्ता प्रविधि रहेको छ । डबल एयरब्याग, इबिडिस“गै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधिस“गै ल्याइएको हो ।

सुजुकीको अभिनव पा“चौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयँ“ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको छ । यस सवारीको प्रारम्भिक अफरसहित मूल्य २८ लाख ९९ हजार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्