दर्ता भएको १३ दिनमा मुद्दाको फैसला, बालिका बलात्कारीलाई १५ वर्षको कैद



सीताराम अधिकारी, धादिङ । जिल्ला अदालतले अदालतमा मुद्दा दर्ता भएको १३ दिनमै जबरजस्ती करणी र हाडनाता करणीको मुद्दाको निरन्तर सुनुवाई गरी पीडितलाई न्याय दिएको जनाएको छ ।

सोमबार जिल्ला अदालतले एक गर्भवती १५ वर्षीया बालिका जबरजस्ती करणी गर्ने बेनिघाट रोराङ गाउँपालिका ५ का २० वर्षीय कपिल सुनार लाई १५ वर्ष कैद गरि अभियुक्तबाट २५ हजार क्षतिपूर्ति भराउन आदेश गर्दै फैसला गरेको छ ।
अभियुक्त वि.क.लाई जबरजस्ती करणीमा ७ वर्ष, गर्भवतीलाई करणी गरेकोमा थप ५ वर्ष र तीनपुस्ता भित्रको हाडनातामा करणी गरेकोमा थप ३ वर्ष सजायाँ गर्ने फैसला गरेको हो ।

अभियुक्त विक लाई १५ वर्ष कैद गर्दै क्षति पूर्ति दिन आदेश गरिए संगै महिला तथा बालबालिका कार्यालयलाई २ लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन जिल्ला न्यायधिस उमेश कोइरालाको इजलासले आदेश गरेको छ ।

अभियुक्त विकले २०७४ चैत २५ पछिल्लो ३ पुस्ता भित्रको १५ वर्षीया ती बालिका बलात्कार गरेपछि प्रहरीले जाहेरीको आधारमा जेठ १ गते गिरफ्तार गरेको थियो । बालिकाको पेटमा बच्चा भएको र बच्चा भएको अबस्थामा समेत बलात्कार गरेको प्रमाणित भएको छ ।
जिल्ला अदालतमा गत जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरि १३ दिनपछि असार ४ गते फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो ।

पीडितलाई क्षतिपूर्ति भराउन र न्याय दिलाउनका लागि मुद्दाको फैसला समेत मुद्दाको फैसला भएकै दिन तयार भएको छ । सहायक जिल्ला न्यायभिवक्ता महेन्द्रप्रसाद पौड्याल र अधिवक्ता रामचन्द्र भट्टले बहस गर्नुभएको थियो ।
पीडितपक्षलाई न्यायको अनभूतिहुनेगरि अपराधीले अपराधीले पीडितलाई अत्यावस्यक क्षतिपूर्ति तिर्न नसक्ने अबस्थामा राज्य नै अभिभावक भएकोले महिला तथा बालबालिका कार्यालयबाट क्षतिपूर्ति भराउन आदेश गरिएको सहायक जिल्ला न्यायधिवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्