ह्यारी केनको हेडिङ बल निर्णायक बन्यो इंग्ल्याण्डलाई जिताउन



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को दोस्रो खेलमा ट्युनिसिया विरुद्ध इंग्ल्याण्डको जीत भएको छ । इंग्ल्याण्डका कप्तान ह्यारी केनको २ गोल ह्याट्रिकले इंग्ल्याण्डलाई जीतायो ।

इंग्ल्याण्डले ट्यनिसियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको १० औँ मिनेटमा इंग्ल्याण्डका कप्तान केनले कर्नरको मुभमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

खेलको ३५ औँ मिनेटमा इंग्ल्याण्डका खेलाडीले आफ्नो डि बक्सभित्र ट्युनिसियाली खेलाडीलाई लडाएपछि ट्युनिसियाले पाएको पेनाल्टी गोलमा परिणत गरेर खेल बराबरीमा पुर्यायो ।

खेलको ९० औँ मिनेटमा कर्नरमै बललाई मुभ मिलाएर केनले हेड मार्फत ट्युनिसियाको पोष्टमा बलले चुम्न पुग्यो । खेलको अन्तमा देखिएको उनको यो हेड बल नै उनको टिमलाई जिताउने निर्णायक बल बन्यो ।

प्रतिक्रिया दिनुहोस्