पहिलो हाफसम्म इंग्ल्याण्ड र ट्युनिसिया बीच १–१ गोलको बराबरीमा



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को दोस्रो खेलमा पहिलो हाफसम्म इंग्ल्याण्ड र ट्युनिसिया बीचको खेल १–१ गोलको बराबरीमा पुगेको छ । खेलको १० औँ मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले कर्नरको मुभमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । खेलको ३५ औँ मिनेटमा इंग्ल्याण्डका खेलाडीले आफ्नो डि बक्सभित्र ट्युनिसियाली खेलाडीलाई लडाएपछि ट्युनिसियाले पाएको पेनाल्टी गोलमा परिणत गरेर गोल फर्कायो ।

प्रतिक्रिया दिनुहोस्