ट्युनिसियाले पेनाल्टीबाट गोल फर्कायो



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को दोस्रो खेलमा ट्युनिसियाले इंग्ल्याण्ड विरुद्ध पेनाल्टी मार्फत गोल फर्काउँदै बराबरीमा उभ्याएको छ । इंग्ल्याण्डका खेलाडीले डि बक्सभित्र ट्युनिसियाली खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीलाई ट्युनिसियालीले सनुपयोग गर्दै गोलमा परिणत गरेको हो । खेलको ३५ औँ मिनेट जाँदा ट्युनिसियाली खेलाडी शस्सले पेनाल्टी सुटआउट मार्फत इंग्ल्याण्डको जाली चुमाएका हुन् । यो संगै खेल १–१ गोलको बराबरीमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्