नेपाल र जापानबीच २५ वर्षपछि हवाई सम्झौता नवीकरण



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल र जापानबीच भएको हवाई सम्झौता नवीकरण भएको छ । सन् १९९३ पछि सोमबार २५ वर्षपछि जापानसँग भएको सम्झौता अनुसार नेपाली विमानले अब जापानको हानेडा विमानस्थलबाहेक अरु सबै विमानस्थलमा हप्ताको १४ वटा उडान भर्न पाउनेछन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव कृष्ण देवकोटा र जापानी उच्च अधिकारीबीच सोमबार भएको सम्झौता अनुसार नेपालले हप्तामा १४ वटा उडान गर्न पाउने छ ।

१४ वटा भन्दा भन्दा धेरै उडान नहुने गरी दिनमा ३ वटासम्म पनि नेपालले जापानमा उडान गर्न पाउनेछ । सन् १९९३ मा भएको सम्झौता अनुसार नेपालले जापानको ओसाकामा हप्तामा २ वटा उडान गर्न पाउने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्