डा देवकोटाको दाहसंस्कार भोली, श्रद्धाञ्जलीका दिउसाे १ बजेसम्म न्यूरो अस्पतालमा राखिने



काठमाडाैं । सोमबार निधन भएका वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको मंगलबार दाहसंस्कार हुने भएको छ। न्यूरो अस्पतालका अनुसार बिद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुने छ।

श्रद्धाञ्जलीका लागि उनको शव बिहान ८ देखि १ बजेसम्म न्यूरो अस्पतालको प्रांगणमा राखिने अस्पतालले जनाएको छ।

पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा आज साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो। आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा देवकोटा क्यान्सरसँग आज पराजित भएका हुन्।

डा देवकोटाको काजकिरिया श्रीमती डा मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नेछन्। काजकिरिया सात दिनमा सकिने अस्पतालद्वाजारी विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्