कतार एयरले नेपालबाट सिधै ग्रीस उडान भर्ने



काठमाडौं,नेस
कतार एयरले नेपालबाट ग्रीस उडान गर्ने भएको छ। कतार एयरवेज कम्पनी कतारको राष्ट्रिय वाहक कम्पनी एयरलाइन्स हो। एयरलाईन्सका अनुसार आगामि महिना भित्र दोहा हुदै ग्रीस उडान गर्न लागेको कम्पनीका कन्ट्री म्यानेजर जयप्रकाश नैयरले बताउनु भएको छ ।

उडान शुरुवातको घोषण गदै ग्रीसका लागि नेपालका कन्सुलर बिक्रम पाण्डे र नेपालका लागि कन्ट्री म्यानेजर जयप्रकाश नैयरले संयुक्त रुपमा उद्घाटन समेत गर्नु भयो ।

कन्सुलर पाण्डेले मानव शभ्यताको शुरुवात देश ग्रीस जान आवश्यक रहेकोको र त्यहाँको सभ्याताको विकासलाई हरनेपालीले बुझन्न आवश्यक रहेको बताउनु भयो ।

कन्ट्री म्यानेजर नैयरले नेपालमा ग्रीसबाट अधिक यात्रीहरु ल्याउने र ग्रीसको थेस्सालोनिकीलाई दोहाको प्रख्यात हमाद अन्तरराष्ट्रिय विमानस्थल (एचआईए) मार्फत कम्पनीले अन्तराष्ट्रिय संन्जालमा जोड्न लागेको बताउनु भयो ।

ग्रीस उडान सेवा सुरु सँगै कम्पनीको अर्का गन्तव्य थप भएको र प्रयाप्त सेवा दिन तयार रहेका छौं, एथेन्समा ३ दैनिक उडान वाट कम्पनीले ग्रीसमा बढ्दो मागको अनुभूत भउको बताउनु भयो ।

कम्पनीले २ सय भन्दा बढी आधुनिक विमान थप गदै नयाँ गन्तव्यहरुमा उडान भर्ने योजना रहेको म्याननेजर नैयरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्