सरगमाथा आरोहण गर्ने महिला पत्रकारहरु सम्मानित



ललितपुर(नेस)

विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई ललितपुरमा सम्मान गरिएको छ ।

नेवाः प्रेस दबू र नेपाल मण्डल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा आयोजित एक समारोहकाबीच महिला पत्रकारहरुलाई कल्पना महर्जन, रोजिता बुद्धाचार्य, पूर्णिमा श्रेष्ठ, रोसा बस्नेत, देवराली चाम्लिङलाई प्रेस दबूका अध्यक्ष नरेन्द्र श्रेष्ठले दोसल्ला ओढाई र समाजसेवी मोतिलाल शिल्पकार सम्मान पत्र प्रदान गर्नुभयो ।

समारोहमा समाजसेवी शिल्पकार महिलाहरुले सगरमाथा चढेर आफ्नो समुदायसहित सम्पूर्ण महिलाहरुको हौसला र मनोबल बढाएको अनुभूत भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्