भीमदत्त नगरपालिकाको तेस्रो नगर परिषद सम्पन्न



हरकसिंह धामी, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले तेस्रो नगर परिषद सम्पन्न गरेको छ । परिषदमा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

आगामी आर्थिक वर्षमा नगर क्षेत्रमा चक्रपथ निर्माण गरि नगर बस संचनलन गर्ने , नगरपालिका भित्रका सार्वजनिक विद्यालयमा आधारभुत, र माध्यामिक छात्रवृति वितरण गर्ने, नगर अस्पतालको विकास गर्ने, एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्ने, एक सहकारी एक वस्तु उत्पादन कार्यक्रम लागु गर्ने, हाम्रो नगर हाम्रो कर अभियान संचालन गर्ने जस्ता नयाँ कार्य योजनाका साथ पुराना कार्यक्रमलाई प्रभावकारी ढगंबाट संचालन गर्ने कार्य योजना प्रस्तुत गरेको छ ।

१ अर्ब, १० करोड, ६४ लाख, १७ हजारको आय व्यय सहितको नीति तथा कार्यक्रम तेस्रो नगरसभामा नगरपालिकाकी उपप्रमुख सुशिला चन्द सिंहले प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा आन्तरीक आर्य तर्फ १२ करोड २७ लाख, बाह्य आयम वित्यि समान्यकरणबाट २५ करोड ५६ लाख ७४ हजार, सर्शत अनुदान ३१ करोड ९५ लाख र शहरी विकास, नगर विकास, र प्रदेश सरकार र संघीय सरकार जस्ता स्रोतबाट १ अर्ब, १० करोड, ६४ लाख, १७ हजारको आयको अनुमान गरेको छ ।

चालु खर्च तर्फ ६ करोड ४९ लाख ७७ हजार ६ सय, सामाजिक सुरक्षातर्पm १८ करोड, बिषयगत शर्सत अनुदान ३१ करोड ९५ लाख, पुँजिगत खर्च, सहरी विकास योजना, सडक बोर्डको योजना, कृषि र अन्य योजनामा गरी १ अर्ब, १० करोड, ६४ लाख, १७ हजारको व्ययको बिभिन्न नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

प्रतिक्रिया दिनुहोस्