दीपिका र कट्रिनाबीच पानी बाराबार, पूर्वप्रेमीको चाहनाचाहिँ सँगै काम गर्ने



बलिउड नायिका दीपिका पादुकोणको हर कुराले बलिउडमा बलियो छाप छोड्ने गर्छ। उनको करिअर, एक्टिङ तथा व्यक्तिगत जीवन सबै विषय सधंै चर्चाको विषय बन्ने गर्छ। हाल भने उनको प्रेम जीवनले चर्चा पाइरहेको छ।

दीपिका पहिले चकलेटी हिरो रणवीर कपुरका साथ प्रेम सम्बन्धमा थिइन् तर उनको रणवीरसँग ब्रेकअप भयो। केही वर्षदेखि लुकाइरहेको अभिनेता रणवीर सिंहसँगको उनको सम्बन्ध अब भने उनीहरूले खुलेआमरुपमा स्वीकारेका छन्। रणवीर तथा दीपिकाको सम्बन्ध उनीहरूका फ्यानले पनि मन पराइरहेको अवस्थामा राम्रो कुरा के हो भने दीपिका र उनको पूर्वप्रेमी रणवीर कपुरको दोस्ती अहिले पनि कायम छ। पूर्वप्रेमी प्रेमीकाबीच स्वस्थ सम्बन्ध रहेको कमै सुन्न पाइन्छ।

दीपिका तथा रणवीरको पूर्वप्रेमीका कट्रिना कैफबीच अझैसम्म शीतयुद्ध कायम छ। तर हालै एक बलिउड सञ्चार माध्यमसँगको अन्तर्वार्तामा रणवीर कपुरले भने पूर्वप्रेमीका दीपिकाको प्रेमी रणवीर सिंहको तारिफ गर्दै आफूलाई उनको साथ काम गर्न मन भएको बताएका छन्। साथै आफू रणवीरको एक्टिङको फ्यान भएको बताएका छन्। ‘म रणवीरसँग एक फिल्ममा काम गर्न चाहन्छु तर समय सही हुनु पर्छ। त्यो फिल्म करण अर्जुन, अन्दाज अपना अपना तथा दिवारजस्तो पनि हुन सक्छ। तर जनरा यस्तो होस् जसमा दुवै जना कनेक्ट हुन पाइयोस्’ –उनले भनेका छन्।

एकै फिल्ममा दीपीकाको पूर्व र वर्तमान प्रेमीलाई हेर्न पाउनु त दर्शकका लागि रोमाञ्चकारी त हुन्छ नै। तर रणवीरको यो सपना भने पूरा हुने हो कि नहुने हो?

प्रतिक्रिया दिनुहोस्