यस्तो पनि भयो  



– चिलीको राजधानी सान्टियागोमा १९६२ को सातौं विश्वकपअन्तर्गत चिली र इटालीबीच भएको खेल ‘सान्टियागो युद्ध’ अर्थात् ब्याटल अफ सान्टियागोको नामले प्रख्यात छ। उक्त खेलमा दुवै देशका खेलाडीले एक–आपसमा कुटाकुट र मारामार गरेका थिए।
– पहिलो फाइनल ः बलको विवाद
दक्षिण अमेरिकी राष्ट्र उरुग्वेको राजधानी मोन्टेभिडियोमा प्रथम विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल सन् १९३० को जुलाई ३० मा सम्पन्न भएको थियो।

फाइनल खेलमा पुगेका अर्जेन्टिना र उरुग्वेले ९० हजार दर्शकसामु प्रारम्भमै आ–आफ्नो देशमा निर्मित बल खेल्ने कुरा उठाएर विवाद गरे। तर, पछि रेफ्रीले दुवै देशको बल खेलाइने निर्णय सुनाउँदै पैसा उफारे। अर्जेन्टिनाले टस जित्यो। फलस्वरूप मध्यान्तरसम्म अर्जेन्टिनाकै बल खेलाइयो। त्यतिखेरसम्म अर्जेन्टिना २–१ गोलले अगाडि थियो।

तर, मध्यान्तरपछि उरुग्वेको बल खेलाउँदा उरुग्वेले आफ्नो पक्षमा अरू ३ वटा गोल थपी ४ गोल बनायो। उता अर्जेन्टिनाले मध्यान्तरपछि कुनै गोल गर्न सकेन। यसरी प्रथम विश्वकपको फाइनल खेलमा २ गोल गर्ने अर्जेन्टिनाविरुद्ध ४ गोल गरेर उरुग्वेले पहिलो विश्वकप विजेताको उपाधि प्राप्त गर्यो।

प्रतिक्रिया दिनुहोस्