राष्ट्रियसभाका ५९ जना सांसदको कार्यकाल टुगों लाग्यो (सूची)



गंगा बराल, काठमाडौँ ।
राष्ट्रियसभाका ५९ जना सांसदहरुको कार्यकाल टुगों लागेको छ । गोलाप्रथाद्धारा राष्ट्रिय सभाका ५९ जन सांसदको टुंगो लागेको छ । राष्ट्रियसभामा रहेका ५९ जना सांसदमध्य १९ जनाको २ वर्ष बाँकी ४० जनामध्य २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुनेछ ।

कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल २ वर्ष हुने भएको छ । प्रदेश नम्बर तीनको उदया शर्मा पौडेलको ४ वर्ष, दिलकुमारी रावलको ६ वर्ष, धनकुमारी खतिवडाको २ वर्ष हुने भएको छ । त्यस्तै प्रदेश नम्बर ४ विन्दादेवी आले २ वर्ष, शान्तीकुमारी अधिकारी ४ वर्ष र दिपा गुरुङ ६ वर्ष हुने भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा मिना बुढा २ वर्ष कोमल ओली ४ वर्ष अनिता देवकोटा ६ वर्ष हुने भएको छ । यस्तै प्रदेश नम्बर ६ मा सांसद युरोल तामाङ २ वर्ष कविता बोगटी ४ वर्ष, नन्दा चपाई ६ वर्षको कार्यकाल हुने भएको छ । त्यस्तै प्रदेश नम्बर ७ मा कमलाकुमारी ओलीको २ वर्ष, तारादेवि भट्ट ४ वर्ष र इन्दु कडरिया ६ वर्षको कार्यकाल हुने भएको छ ।

दलित कोटाबाट प्रतितिधित्व गर्ने सांसद खिमकुमार विकको ४ वर्ष, खेमराज नेपालीको २ वर्ष , चक्र प्रसाद ठिमीको ४ वर्ष, नरपति नुहार ६ वर्ष, रामजफासनको २ वर्ष, रामलगन दनुवारको ४ वर्ष शिंहबहादु विश्वकर्मा ६ वर्ष साथै अपाङ अल्पशंख्यक कोटाबाट सांसद जीवन बुढाको ४ वर्ष, प्रकाश पन्त ६ वर्ष , महेशकुमार महराको ६ वर्ष, राजकुमार कुवँर २ वर्ष, रामचन्द्र राईको ६ वर्ष  ब्रिजेश चन्द्रलालको २ वर्षको कार्यल हुने भएको छ ।

त्यसैगरी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाको २ बर्ष, रामनारयण विडारी ४ बर्ष, विमला राई पौडेल ६ बर्ष, अगम प्रसाद बान्तवा राई ४ बर्ष, रमेशजंग रायमाझी ६ बर्ष, हरीचरण सिवाकोटी २ बर्ष, जितेन्द्र नारायण देव ६ बर्ष, रमेश प्रसाद यादव २ बर्ष, सुमनराज प्याकुरेल ४ बर्ष, बलरामप्रसाद बास्कोटा २ बर्ष, राधेश्याम अधिकारी ४ बर्ष, रामबहादुर थापा मगर ६ बर्ष, गणेश प्रसाद तिमल्सिना ६ बर्ष, दिनानाथ शर्मा ४ बर्ष, सुरेन्द्रराज पाण्डे २ बर्ष, खिमलाल भट्टराई ६ बर्ष, चन्द्र बहादुर खड्का ४ बर्ष, दुर्गा प्रसाद उपाध्याय २ बर्ष, कालिबहादुर मल्ल २ बर्ष, भैरबसुन्दर श्रेष्ठ ६ बर्ष, खगेन्द्र प्रकाश पुरी ४ बर्ष, बद्री पाण्डे २ बर्ष, शेर बहादुर कुवँर ४ बर्ष, हरीराम चौधरी ६ बर्ष रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्