जापानमा शक्तिशाली भूकम्प



टोकियो । जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बिहान ७ः५८ बजे ६.१ म्याग्निच्यूड तीव्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी नै छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार दुईजनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको रोयटर्सले जनाएको हो ।

पश्चिमी जापानको ओसाकामा भूकम्पले बढी क्षति गरेको जनाइएको छ । प्रारम्भमा ५.९ म्याग्निच्यूड भनिएको भूकम्पको तीव्रता पछि सच्याएर ६.१ बताइएको छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन् ।

ओसाकाका एक लाख ७० हजार ८०० घरमा विद्युत आपूर्ति बन्द भएको छ । स्थानीय ग्यास कम्पनीका अनुसार एक लाख ८ हजार घरमा ग्यास आपूर्तिसमेत बन्द भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्