मेगा बैंकको साढे १२ प्रतिशत ब्याजदरको खाता सञ्चालन



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले ग्राहकका लागि आकर्षक मुद्दती खाता योजना र दुई वटा आकर्षक बचत खाता योजना ल्याएको छ ।

जसअन्तर्गत बैंकले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको हो । न्यूनतम १ लाख रुपिया“मै मुद्दती खाता खोल्न सकिने यो खातामा मासिक रुपमा ब्याज भुक्तानी हुने गरी वार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ । यस योजनामा ग्राहकलाई निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राफ्ट सुविधा दिइने मेगा बैंकले जनाएको छ ।

‘मेगा राइजिङ बचत खाता’ योजनामा पनि उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । न्यूनतम १० हजार रुपिया“मै बचत खाता खोल्न सकिने यो खातामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी बार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ । यो योजनामा ग्राहकका लागि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्बा सेवा निःशुल्क बनाइएको छ । यस्तै, दुई लाख रुपिया“सम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।

 

त्यस्तै ‘मेगा कर्पोरेट बेनिफिट बचत खाता’ योजनामा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी वार्षिक ८.२५ प्रतिशत ब्याज पाइने यो खाता एक हजार रुपिया“मै खोल्न सकिनेको साथै उत्तिकै आकर्षक सुविधाहरु समावेश गरिएको छ । यो योजनामा चेक बुक, मेगा अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट, सी–आस्बा सेवा निःशुल्क पाइनेछ । यस्तै, दुई लाख रुपिया“सम्म एबीबीएस सेवा पनि निःशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्