सिटिजन्स बैंकको शाखा स्थान्तरण



काठमाडाैं ।
सिटिजन्स बैंक इन्टरनेसनलले विराटनगरमा रहेको कार्यालयभन्दा करिब ५०० मिटरको दूरीमा रहेको रंगेली रोडमा रहेको भवनमा शाखा स्थानान्तरण गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोबारको शुरुआत गर्नु भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मुलुक संघीय प्रणालीमा गएसं“गै अब दुर्गम क्षेत्रका सर्व साधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा चालू आवमा थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्