सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा



काठमाडौं, (नेस)
सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजीमोटोकर्पले स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ ।

उक्त मोडेलको अनावरण सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनल संयुक्त रूपमा गर्नु भएको थियो ।

नया“ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर डिजाइनको साथै १.२ लिटर भीभीटी जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स् र यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधिस“गै ल्याइएको हो ।

सुजुकीको पा“चौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नया“ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको कम्पनीको भनाइ छ ।

स्विफ्टको यस नया“ मोडेल प्रस्तुत गर्दै सीजी मोटो कोर्पका कार्यकारी निर्देशक करण चौधरीले भन्नुभयो–‘यस नया“ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फोमेन्स्को लागि रुचाइएको छ । यस नया“ संस्करणस“गै, यसका फिचर एक नया“ शिखरमा पुगेका छन् ।

२००५ मायसको सुरुवातस“गै स्विफ्ट राष्ट्रकै पहिलो रोजाइको सवारी बन्न पुगेको छ । मजबुति, उत्कृष्ट पर्फोमेन्स् तथा आधुनिक सुरक्षा प्रविधियुक्त यस नया“ प्रस्तुती सुजुकीको अभिनव पा“चौ संस्करण हर्टेक्ट प्ल्याट फर्ममा निर्मित छ । ’

यस मोडेलले पेट्रोलमा २२ किमि÷लिटर प्रदान गर्दछ । २८ प्रशितशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमि लामो व्हील बेस रहेको छ । यस मोडेलको विकासमा ७०० करोडभन्दा धेरै लागत देखिएको छ । यस सवारीको प्रारम्भिक अफर सहित मूल्य २८ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्