अष्ट्रेलियामा विशाल नाँगो फोटोसुट



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाली सुपरमार्केट चेन वुलवर्थसले अमेरिकी कलाकार स्पेन्सर ट्युनिकलाई आफ्नो मेलवर्न स्थित एउटा स्टोरको कार पार्क क्षेत्रमा एक विशाल नाँगो फोटो सुटका लागि आइतवार अनुमति दिएको छ । यस अघिसम्म सो अनुमति रोकिएके थियो ।

गत अप्रिलमा वुलवर्थसले प्राहानमा फोटो सुटका लागि ट्युनिकले गरेको अनुरोधलाई शनिवार यस्तो कार्यक्रले निकै अवरोध खडा गर्नसक्ने भन्दै अस्विकार गरेको थियो । यसका लागि कलाकारले अनलाई अपिल गरेका थिए । अहिले आएर वुलवर्थसले सोमवार बिहान एक घन्टाका लागि उनले फोटोसुटका लागि कार पार्क प्रयोग गर्न सक्न ेजनाएके हो ।

भिक्टोरिया राज्यको राजधानी आयोजित च्यापल स्ट्रिट प्रोभोकेयर आर्टस फेष्टिभलको सिलसिलामा यो ऐतिहासिक फोटोसुट गरिन लागेको हो । ९ जुलाईमा रुफटप कार पार्कमा हुने हुने भनिएको यस फोटोसुटमा क्यामेरा सामु नाँगिनका लागि अहिले सम्म ११ हजार मानिसले नाम दर्ता गराइ सकेका छन् ।

तर फोटोसुटका लागि आवेदन दिँदा ट्युनिकले करिव पाँचसयजना स्वयंसेवकल ेभाग लिने बताएक थिए । फेष्टिभल आयोजकहरुले पनि ट्यनिकलाई सहयोग र प्रात्साहन दिइरहेका छन् ।

न्युयोर्क निवासी ट्युनिकले यसअघि मेलवर्नमा गरेको फोटोसुटमा चार हजार स्वंयसेवकले भाग लिएका थिए । उनले अहिलेसम्म विश्वका ३० वटा भन्दा बढि राष्ट्रमा १ सय २० वटा भन्दा बढि नाँगा फोटोसुट सम्पन्न गरिसकेका छन् । उनले सन् २०१० मा उनले सिडन ीओपेरा हाउसमा फोटोसुट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्